Tuesday, February 1, 2011

सानो हुँदाको कुरा


जब म
रुन्थे ....
अनेकथरी
प्रयास गरी
मलाई भुलाउथिन्

जब म
डराउथें ....
एकादेशको
कथा सुनाइ
मलाई सुताउथिन्

जब म
पिडामा हुन्थे ....
रात भरी
जागी जागी
मलाई हेर्थिन्

जब म हाँस्थे
भविश्यको कल्पनामा
दुब्दै मुस्कुराउथिन् .....

आमा .....

Monday, January 31, 2011


ए नेता!!! लोकतन्त्र बोलेर मात्र आउँदैन....

तेरो सिद्धान्त
छेपारोको रंग जस्तो
देखि सकेम हाम्ले तेरो नेतृत्व

ढुंगा हनिस, टायर बालिस, जेल गयिस
सानो तिनो कुरा मा चक्का जाम गरिस
ए.....  यसरी पो तँ लोकतन्त्रको योद्धा भईस?
भन् तैले के पढिस के सुनिस?
भन् तैले के बुझिस?
बेकारै हो सोध्नु तैपनि भन् तैले के गरिस?

तेरो सानो मगजको उपज, ठुला ठुला कुरा गरिस,
भोको नाङ्गो जनतालाई सपना देखयिस,
हाम्रै भोट पाईस , हाम्रै रगत खाईस.

झुक्काईस, छाकईस, लुटिस हामीलाई झुटो आश्वासन को भरमा
अब हाम्रै अवाज नसुने झैं गर्छस?
हामीबाट उल्टै चाकडी पाउन खोज्छस?
पदको धाक किन देखाउछस ओइ?
जनतालाइ किन तर्साउन्छस्?
चुनौती दिन्छु तलाईं, साधारण मानिसको छोरो हुँ म..
जोरी खोज्छस भने देखाई दिन्छु म..
तेरो हातमा होला बिदेशी बन्दुकको ताकत
मसंग अझैं बाकीं छ नेपालीको तातो रगत.  

नयाँ देश, नयाँ ब्यबस्था, नयाँ नेता
पुरानै नाताबाद कृपावादको आस्था
उही पुरानो कुर्सि नचाउने प्रथा,
पुरानै हुन् जनताका सबै व्यथा,
पुरानै मुर्खता पुरानै हुन् यी सबै कथा..


नेता  आए , नेता  गए
सबले  हाम्रो  रगत  मात्र  तताए
न  अधिकार  दिलाए … न  अन्धकार  भगाए
किन  तिनका  लागि  शहिद  ले  रगत  बगाए ?
७ , ४६  र  ६३  सालमा   आम् नेपालीले के पाए?

सिंहको मुटु जस्को तेस्ले गर्नु पर्छ राज
भ्रस्टाचार गर्दा जस्लाई लाग्छ लाज,
बांच्छ जो जनताको माझ्,
बनाउछ महौल यस्तो जस्ले जहाँ
सम्मानपूर्बक पाउछन् सब्ले गाँस बास कपास।

तब सम्म हुन्नौँ हामी स्वतन्त्र
जब सम्म भोक, रोग, हिङ्शा
भ्रस्टाचार र अशिक्षा.....  
यीबाट यो देशले मुक्ती पाउदैन
ए नेता!!! बुझिस केही?
लोकतन्त्र बोलेर मात्र आउँदैन....

  

Thursday, January 27, 2011

त्यो ठाउँ

हिजो पनि त्यो ठाउँ गएको थिएँ
पिउदै थिए सबै मैले पनि पिएँ ...
होहल्ला रमझम थियो
तर म फेरि एक्लै थिएँ ...

मेरो लागि त्यो ठाउँ थियो
निराशामा डुबेको
उड्दै थियो धुवाँ
मेरो शिर चाँही झुकेको

जीवन लाग्छ बिरक्त
बन्दैछु अशक्त
ठान्थे लाउडैछु मल्हम् चोटमा
अन्जानैमा पिएछु बीख

हिजो पनि त्यो ठाउँ गएको थिएँ
पिउदै थिए सबै मैले पनि पिएँ ...
होहल्ला रमझम थियो
तर म फेरि एक्लै थिएँ ...

अब त यो एक्लोपनले
झन् झन् मलाई थिच्छ
त्यो ठाउँमा मौन मेरो
हर रात बित्छ

परिवार र साथीभाइको
दुत्कारें साथ
भासिदैछु पातलको दल्दलमा
खोज्दैछु साहरा बाचाउने हात ...

Tuesday, January 25, 2011

संगीत

सुन्छु जब संगीत,
तेस्मा श्रिंगारिएका
शब्दहरु, अनि
बग्दै गरेका
भावनाहरु
ओर्लिन्छन ती ध्वनी यी मेरा कर्णबाट
र पुग्छन् मेरो हृदयको केन्द्रबिन्दुसम्म
मेरो मस्तिस्क शुन्य बनाउछ तेस्ले
अंग अंग भरी तरंग फैलाउछ तेस्ले
अनि चिम्लिएका यी आँखाले देख्ण थाल्छन्
अतितका
गुलियो टर्रो यादहरु
भविश्यका अपेक्षित
चाहनाले रङिएका द्रिश्य हरु
मेरो आत्मालाई झस्काउछ तेस्ले
ओठमा मुस्कान भर्दै महसूस गराउछ तेस्ले
म जिउदै छु
र यो जीवन अद्-भुत छ

Welcome ...

This blog is about me. Whatever i feel like posting, I will post. Mainly Nepali poems by me, songs, videos etc ... Hope you will like my work. Welcome to my blog! :)