ए नेता!!! लोकतन्त्र बोलेर मात्र आउँदैन....
तेरो सिद्धान्त
छेपारोको रंग जस्तो
देखि सकेम हाम्ले तेरो नेतृत्व
ढुंगा हनिस, टायर बालिस, जेल गयिस
सानो तिनो कुरा मा चक्का जाम गरिस
ए..... यसरी पो तँ लोकतन्त्रको योद्धा भईस?
भन् तैले के पढिस के सुनिस?
भन् तैले के बुझिस?
बेकारै हो सोध्नु तैपनि भन् तैले के गरिस?
तेरो सानो मगजको उपज, ठुला ठुला कुरा गरिस,
भोको नाङ्गो जनतालाई सपना देखयिस,
हाम्रै भोट पाईस , हाम्रै रगत खाईस.
झुक्काईस, छाकईस, लुटिस हामीलाई झुटो आश्वासन को भरमा
अब हाम्रै अवाज नसुने झैं गर्छस?
हामीबाट उल्टै चाकडी पाउन खोज्छस?
पदको धाक किन देखाउछस ओइ?
जनतालाइ किन तर्साउन्छस्?
चुनौती दिन्छु तलाईं, साधारण मानिसको छोरो हुँ म..
जोरी खोज्छस भने देखाई दिन्छु म..
तेरो हातमा होला बिदेशी बन्दुकको ताकत
मसंग अझैं बाकीं छ नेपालीको तातो रगत.
नयाँ देश, नयाँ ब्यबस्था, नयाँ नेता
पुरानै नाताबाद कृपावादको आस्था
उही पुरानो कुर्सि नचाउने प्रथा,
पुरानै हुन् जनताका सबै व्यथा,
पुरानै मुर्खता पुरानै हुन् यी सबै कथा..
नेता आए , नेता गए
सबले हाम्रो रगत मात्र तताए
न अधिकार दिलाए … न अन्धकार भगाए
किन तिनका लागि शहिद ले रगत बगाए ?
७ , ४६ र ६३ सालमा आम् नेपालीले के पाए?
सिंहको मुटु जस्को तेस्ले गर्नु पर्छ राज
भ्रस्टाचार गर्दा जस्लाई लाग्छ लाज,
बांच्छ जो जनताको माझ्,
बनाउछ महौल यस्तो जस्ले जहाँ
सम्मानपूर्बक पाउछन् सब्ले गाँस बास कपास।
तब सम्म हुन्नौँ हामी स्वतन्त्र
जब सम्म भोक, रोग, हिङ्शा
भ्रस्टाचार र अशिक्षा.....
यीबाट यो देशले मुक्ती पाउदैन
ए नेता!!! बुझिस केही?
लोकतन्त्र बोलेर मात्र आउँदैन....



